दाङ, १५ असार । नेपालको सविंधान २०७२ एवं वेपत्ता छानविन र सत्य निरुपण तथा मिलमिलाप आयोगको भुमिका वारे अभिमुखिकरण कार्यक्रम वुधवार तुलसीपुरमा सम्पन्न भएको छ ।
तुलसीपुर नगरपालीका र नगरस्तरीय शान्ति समितिको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा नगरस्तरीय शान्ति समितिका पुर्व संयोजक नवराज लामिछाने शान्ति समितिका जिल्ल सदस्य केशव कुमार शर्माले स्थानिय शान्ति समितिका काम कर्तब्य र अधिकारका साथै नेपालको सविंधान २०७२ले नागरकका लागि व्यवस्था गरेका मौलिक हक का वारेमा जानकारी दिएकाथिए ।
कार्यक्रमका सहभागिहरुले दशवर्षे द्धन्दवाट प्रभावित परिवारमा परेको पिडालाई न्यायिक तरिकाले समाधान गर्न वनेको वेपत्ता छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगले निष्पक्ष तरिकाले कामगरी पिडामा परेकाहरुलाइ न्याय दिलाउनु पर्ने वताएका थिए ।
नगरस्तरीय शान्ति समितिका संयोजक छोटिलाल थारुको अध्यक्षता एवं तुलसीपुर नगरपालीकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा नागरीक समाज दाङका संयोजक टिकाराम रेग्मीले मुलुकमा सविंधान जारी भैसकेको अवस्थामा द्धन्द पिडित परिवारलाइ न्यायका साथै राहतको व्यवस्था गरी नयाँ सविंधान कार्यान्वयन तर्फ लाग्नु आम नेपालीको कर्तब्य रहने वताए । नानीमैया वली लालवहादुर केसी लगाएतले वोलेकाथिए । शान्ति समितिका पुर्वसंयोजक माधव प्रशाद लामिछानेको स्वागत मन्तब्य वाट
शूरुभएको कार्यक्रमको सहजीकरण शान्ति समितिका भिमवहादुर केसीले गरेकाथिए