इन्द्रेणी संवाददाता
हेकुली गाबिस स्तरीय बाल सञ्जालले बाल बिबाह न्युनिकरणका लागि अभियान चलाउने भएका छन् । अभियान सफल पार्न उनीहरुले राजनीतिक दल,बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको साथ लिने समेत बताएका छन् । बाल बिबाह प्रतिको आर्कषणको अन्त्य गर्न अभियान सञ्चालन गर्नु परेको सञ्जालका उपाध्यक्ष लक्ष्मी न्यौपानेले जानकारी दिईन् । बाल सञ्जालको यो अभियानलाई सफल पार्न उनीहरुले राजनीतिक दललाई समेत ऐक्यबद्धता जनाउन माग गरेका छन् ।
बालबालीकाहरुका लागि नेतृत्व बिकास २ दिने तालिम समापन कार्यक्रममा बाल सञ्जाल हेकुलीका सचिब तिलकराज भण्डारी,अस्मीता चौधरी र अशोक शर्माले भोलीदेखि नै शुरु गरिने अभिायनमा सहयोग गर्न राजनीतिक दललाई आग्रह गरे । कार्यक्रममा सहभागि नेपाली काग्रेसका ईकाइ सभापति शोभाकर न्यौपाने,राप्रपाका श्रीमणी न्यौपाने,वडा नागरिक मञ्चका संयोजक लोकबहादुर खडका लगायतले बालबालीकाहरुले सञ्चालन गर्ने सामाजीक रुपान्तरणका हरेक कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
बाल सञ्जाल हेकुलीका उपाध्यक्ष लक्ष्मी न्यौपानेको अध्यक्षता एबम हेकुली गाबिस प्रतिनीधि सीता लामिछानेको प्रमुख आतिथ्यमा आयोजीत समापन कार्यक्रमको सञ्चालन सामाजीक परिचालक पारस चौधरीले गरेका थिए । तालिमको प्रशिक्षकमा पत्रकार सुशील बस्नेत रहेका थिए ।