दाङ, १५ असार पुनरावेदन अदालत वार एशोसियसन तुलसीपुरले एक कार्यक्रमको आयोजना गरी पुनरावेदन अदालत तुलसीपुरका मुख्य न्यायधिस कुमार चुडाल लाई विदाइ गरेको छ । पुनरावेदन अदालत तुलसीपुर वाट पुनरावेदन अदालत राजविराज सरुभएका मुख्य न्यायधिस चुडाललाई वुधवार वार एशोसियसन ले विदाइ गरेको हो । पुनरावेदन अदालत तुलसीपुरमा आएदेखि वार वेञ्चको सम्वन्ध सुधार देखि नागरीकलाई सहज न्याय प्रदानमा वार संग समन्वयकारी खेलेका मुख्य न्यायधिस चुडालको उज्वल भविष्यको कामना गरेकाथिए ।
पुनरावेदन अदालत वार एशोसियसनका अध्यक्ष रामशरण चौधरीको सभापतित्व एवं पुनरावेदन अदालतका मुख्य न्यायधिस कुमार चुडालको प्रमुख आतिथ्यतामा विदाइ कार्यक्रम भएको हो । कार्यक्रममा वरिष्ठ अधिवक्तता वामदेव शर्मा , नेपाल वार एशोसियसनका निवर्तमान केन्द्रिय उपाध्यक्ष पदम वैद्धीक पुर्व केन्द्रिय उपाध्यक्ष गोकर्ण डाँगी पुनरावेदन अदालत सरकारी वकिल कार्यालयका सहन्यायधि वक्ता खडग वहादुर खडका ,लगाएतले वोलेकाथिए ।
अधिवक्ता शालिक राम रेग्मीको स्वागत मन्तब्य वाट शूरुभएको कार्यक्रमको सहजीकरण अधिबक्ता रविन्द्र धितालले गरेकाथिए । अफिसर्स क्लवको पनि विदाई पुनरावेदन अदातल तुलसीपुरका मुख्य न्यायाधिस कुमार चुडालको एक कार्यक्रमका बिच बिदाई गरिएको छ । पुनरावेदन अदालत वाट सरुवाभएका मुख्य न्यायधिस कुमार चुडाललाइ विदाइ गरिएको हो । अफिसर्स क्लव तुलसीपुरका मुख्य संरक्षक समेत रहेका मुख्य न्यायधिस चुडाललाई वुधवार एक कार्यक्रमका बिच अफिर्सर्स क्लब तुलसीपुरले बिदाई गरेको हो ।
अफिसर्स क्लब तुलसीपुरका अध्यक्ष खडग बहादुर खडकाको अध्यक्षता एव क्लवका मुख्य संरक्षक एवं पुनरावेदन अदालत तुलसीपुरका मुख्य न्यायधिस कुमार चुडाको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चुडालले राष्ट्रसेवक कर्मचारिहरुको सरुवा नियमित भएको भन्दै जहाँ गए पनी जनता लाई न्याय दिनका लागि आफु प्रतिवद्ध रहको बताए ।
अफिर्सर्स क्लबमा आवद्ध कर्मचारिहरुले आफनो कामका अलावा बिभिन्न सामाजिक कार्य समेत गरेको भन्दै मुख्य न्यायधिस चुडालले प्रशंसा समेत गरेकाथिए । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारि एव क्बलका संरक्षक दिपक काफ्लेले अफिर्सर्स क्लबका तर्फबाट कुशल अभिभावक लाई विदाई गर्दा नरमाईलो महशुस भएको वताए । सो अवसरमा तुलसीपुरमा सरुवा भई आएका सिचाई डिभिजन कार्यालय तुलसीपुरका प्रमुख केदार कुमार श्रेष्ठ ,खाद्य संस्थान तुलसीपुरका प्रमुख शेखर पौडेल , भु संरक्षण अधिकृत महेन्द्र चौधरि र पशु सेवा कार्यालय तुलसीपुरका प्रमुख सुदाम भट्टलाई स्वागत समेत गरिएको थियो । क्लबका सचिव पवन योगिको स्वागत मन्त्ब्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण महासचिव नारायणि रजौरेले गरेकी थिइन ।