काठमाडौं, २४ जेठ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् ।
खड्काले आज बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रीलाई राजीनामा बुझाएका जानकारी दिए । पत्रकार सम्मेलनमा खड्काले आफूलाई गएको ९ महिनादेखि भूमिकाविहीन बनाएर बदनाम गर्न खोजिएको आरोप लगाए ।
उनलाई आयल निगमको जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप लाग्दै आएको थियो । खड्काको राजीनामासँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले निगमको कार्यकारी निर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने बताए ।











