दाङ, २४ जेठ । दाङको घोराही उप महानगरपालिका वडा नम्वर ७ को आयोजनामा सञ्चालित उचित पशु व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

Cow-formनिर्वाह रुपमा पशुपालन गरिरहेका किसानहरुलाई व्यावसायीक र स्वरोजगारमुलक तरिकाले पशुपालन गर्न सहयोग पू¥याउने उदेश्यले तालिमको आयोजना गरिएको थियो । तालिममा व्यवस्थित पशुपालन गर्ने तरिका,डाले घाँस,उन्नत जातका बाख्रा,बंगुर तथा गाई पालनका फाइदा,औषधी उपचार,खोर तथा गोठ सुधार लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो ।

यस्तै किशानहरुलाई अघाँखाचीको ठाडा स्थित ह्याचरी उद्योग,राप्ती गाँउपालिकाको गाई तथा बंगुरपालन फर्म,लमही नगरपालिकाको सुन्डरी स्थित माछापालन तथा बाख्रापालन फर्मको अलोकन समेत गराइएको थियो ।

वडा नम्वर ७ का बरिष्ठ सदस्य छन्दबहादुर केसीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले पशुपालन तालिमबाट स्वदेशमा बसेर पनि स्वरोजगार बन्न सकिन्छ भन्ने प्रेरणा मिलेको धारणा राखेका छन ।

तालिममा घोराही उप महानगरपालिकाका पशु सेवा प्रमुख निमबहादुर पुन,वडा सदस्य दिपक चौधरी,सुशिला चौधरी,गोमा नेपाली,वडा सचिव चन्द्रबहादुर केसी,सहभागी पोषणबहादुर वस्नेत,केशरी चौधरी लगायतले बोलेका थिए ।