इन्द्रेणी संवाददाता 

 १३ औ धान दिबस तथा रोपाई महोत्सबको अबसरमा प्रेस सेन्टर नेपाल दाङले सहिदको घरमा श्रमदान गरेको छ । धान दिबस तथा रोपाई महोत्सबको अबसरलाई सदुपयोग गर्दै सेन्टरले दाङको तुलसीपुर १५ हलवारका सहिद परिवार खुसिराम चौधरीको खेतमा धान रोपेर सहयोग गरेको हो ।

13507170_10208440116633774_1835662842333294804_n (1)शहिद परिवारलाई राज्यले बिर्सीरहेका गुनासो आईरहेको बेला सहिद परिवारलाई सान्त्वना दिन दिबसको अबशरको सदुपयोग गर्दै श्रमदान गरेको सेन्टरका अध्यक्ष डिल्ली मल्लले बताए ।

13509006_10208440119793853_2686457933972146720_nसहिद परिवार चौधरीले बुधबार १३ औं धान दिवस तथा रोपाई महोत्सबको अबशरमा घरमै आएर यसरी श्रमदान गर्दा आफुलाई सहानुभुति महसुस भएको बताए । उनले सहिदको बलिदानीलाई कदर गर्न यस्ता कार्यक्रमहरु निरन्तर गर्न पनि सुझाब दिएका थिए ।

13516669_10208440118393818_4619252475332076113_nरोपाई कार्यक्रममा नेकपा माओवादी ( केन्द्र ) का दाङ जिल्ला संयोजक  जीवन गौतम, केन्द्रिय सदस्य निर्मल आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजयदिप शर्मा , सल्लाहकार नरेन्द्र केसी , दाङका अध्यक्ष डिल्ली मल्ल,  नेपाल पत्रकार महासंघ दाङका कार्यबहाक अध्यक्ष लक्ष्मी आचार्य , सेन्टरका बरिष्ठ उपाध्यक्ष प्रकास चौधरी , उपाध्यक्ष सन्तोष अधिकारी , सचिब पाण्डब शर्मा, सहसचिव जनक नेपाली ,कान्तिपुर राष्ट्रिय दैनिकका उप सम्पादक दुर्गालाल के.सी. ,नयाँ पत्रिकाका भुपेन्द्र प्रकाश ओली , नेपाल पर्यटन पत्रकार संघ का केन्द्रिय अध्यक्ष धनिराम शर्मा ,नेपाल पत्रकार महासंघ दाङका सचिब गजेन्द्र बोहरा, अखिल क्रान्तिकारी दाङ का अध्यक्ष सन्तोष पोख्रेल लगायतको सहभागीता रहेको थियो ।