दाङ, १५ असार
दाङको लक्ष्मीपुरस्थित एक घरमा आगलागी भएको छ । लक्ष्मीपुर गाविस वडा नं ७ सोनपुरका पदमलाल विकको खरले छाएको २ तले घरमा आगलागी भएको हो । aaglagi1
हिजो वेलुकातिर लागेको आगो स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

आगो के कारणले लागेको र कति क्षति भएको छ भन्नेवारे विवरण नआएको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।।