काठमाण्डौ, १५ असार
टर्कीको राजधानी इस्तानबुलस्थित मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण भएको छ । बम आक्रमण र अन्धाधुन्ध गोली प्रहारबाट ३६ जनाको मृत्यु भएको छ ।विमानस्थलमा ३ जना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए ।
घटनामा ९० जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारीले अटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको मुख्य प्रवेशद्वारमा आक्रमण गरेका हुन् ।
प्रहरीले गोली चलाउन थालेपछि आक्रमणकारीले आफैंलाई विस्फोट गराएका थिए । आक्रमण योजनाबद्ध रुपमा भएको अधिकारीहरुले दाबी गरेका छन् ।
आक्रमणपछि अटाटुर्क विमानस्थलमा जहाजको उडान र अवतरण रद्द गरिएको छ । सरकारी अधिकारीहरुले विमानस्थल वरपर नजान सर्वसाधारणलाई अपिल गरेका छन् । आक्रमणमा कुर्द चरमपन्थी वा इस्लामिक स्टेट (आइएस) को संलग्नता हुन सक्ने बताइएको छ ।।
