दाङ १५ असार
दाङको तुलसीपुरलाइ सफा र हरीत नगरी वनाउनका लागी अभियान थालिएको छ । यसैक्रममा सरोकारवालाहरु संग बृहत छलफल शुरु गरिएको छ ।

tulsipur तुलसीपुर उद्योग बाणिज्य संघ, तुलसीपुर नगरपालीकाको साझेदारी र बिभिन्न संघ संस्थाको सहयोगमा तुलसीपुर नगरीलाई स्वच्छ सफा र हरीत नगरी बनाउने उदेश्यका साथ कार्यक्रम संन्चालन गर्न लागिएको हो ।

संघका अध्यक्ष बिमल रिजालले तुलसीपुर बजार क्षेत्र दिन प्रतिदिन फोहर बन्दै गएको हुदाँ सरसफाई अभियान शुरु गरिएको जानकारी दिनुभयो । साथै बजारका प्रत्येक लाईनलाई १ –१ महिनाका हिसावले सरसफाईमा जुटने बताउनु भयो ।

यसका लागी सवै सघ संस्थाहरु संग सहकार्य गरिनेछ । साथै अभियानका क्रममा सार्वजनिक स्थान, मन्दिर लगाएतका सवै क्षेत्रमा सरसफाई गरिने भएको छ । अभियानमा सवै भन्दै धेरै दायित्व बजार क्षेत्र भित्र रहेको टोल बिकास संस्थाहरुको हुने र त्यसमा अरु संघ संस्थाहरुले समेत सघाउने संघले जनाएको छ ।।