दाङ,१९ जेठ । दाङको घोराही उप महानगरपालिका वडा नम्वर ७ बेलहरीमा निर्माण भएको महिला सामुदायिक भवनको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षता तथा स्थानिय बयोबृद्ध प्रेमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बयोबृद्ध प्रेमबहादुर बुढाथोकीले रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो ।

वडा कार्यालयले उपलव्ध गराएको रकम भन्दा पाँच गुणा बढि जन श्रमदानबाट निर्माण गरिएको दुई कोठे महिला सामुदायिक भवन निर्माणमा करिव साडे ३ लाख रुपैया खर्च भएको समितिका कोषाध्यक्ष रामबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागी वडा नम्वर ७ ले ५० हजार,बिभिन्न सहयोगी दाताहरुले ४४ हजार दुई सय ४५ रुपैया र स्थानिय उपभोक्ताहरुबाट १ लाख १३ हजार नौ सय रुपैया नगद खर्च गरिएको छ ।

यस्तै उपभोक्ताहरुले १ लाख ५० हजार वरावरको जनश्रमदान समेत गरेको उहाँले बताउनुभयो । महिला सामुदायिक भवन निर्माण समितिका सचिव गिरबहादुर ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा नम्वर ७ का वडा सदस्य दिपक चौधरी,वडा सचिव चन्द्रबहादुर केसी,ईन्द्रेणी सामुदायिक बन उपभोक्ता समिति सैघाका अध्यक्ष गोरबहादुर खत्री,सहयोगदाताहरु केशवबहादुर केसी,बिजुली प्रसाद चौधरी,ऋषिराम भण्डारी,वडा नागरिक मञ्चका पूर्व सह संयोजक डम्वरबहादुर ओली,स्थानिय उपभोक्ता ऋषिराम बिष्ट,प्रेमबहादुर पाण्डेय,टपिला वली,गोमा ओली,बेलहरी बाल क्लवका अध्यक्ष सरिता भण्डारी,महिला स्वास्थ्य स्वंयसेविका अस्मीता अधिकारी,लक्ष्मि रावत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा तुलसा पुरी,बिमला बुढा र सुमित्रा केसीले गित प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका ५ नम्वर प्रदेश पार्षद बिमल योगीले गर्नुभएको थियो ।।