तुलसीपुर १९ जेठ ।  समृद्ध पत्रकारीताका लागि सञ्चारकर्मीहरुबीच सहकार्य आबश्यक रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । तुलसीपुर ७ गणेशपुर पार्कमा भएको पत्रकारहरुको दिवाभोज कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन् । तुलसीपुरमा भएको फूटबल प्रतियोगितामा बिजय हाँसिल गरेर प्राप्त गरेको पुरस्कारले दिवा भोजको आयोजना गरिएको हो । हेल्पिङ हेन्डस तुलसीपुर र पत्रकारहरुबीच तथा हाम्रो पहुँच बुहुद्देश्यीय सहकारी र पत्रकारबीच भएको फूटबल प्रतियोगितामा बिजय हाँसिल गरेको पत्रकारको समुहले शनिबार दिवाभोज गरेको हो ।

त्यस अबशसमा भएको औपचारीक कार्यक्रममा बक्ताहरुले सञ्चार माध्यामको स्तोरन्नती भएमा मात्रै पत्रकारको पेशा सुरक्षित हुने भन्दै सञ्चार माध्यामको स्तोरन्नती आबश्यक रहेको बताए । मल्टिपल मिडिया प्रालिका अध्यक्ष संगीत बस्यालको अध्यक्षता तथा तुलसीपुर उपमहनगरपालिका वडा नंबर ७ का अध्यक्ष टोप बहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । त्यस अबशरमा बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार दुर्गालाल केसी, अध्यक्ष सबिन प्रियासन, सचिब भुपेन्द्र वली, रासस राप्ती प्रमुख नारायणी रजौरे, पत्रकार दुर्गा गिरी, तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य दिपक कुमाल, पत्रकार प्रबल रेग्मीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । पत्रकार बिमल गौतमले स्वागत तथा कार्यक्रम संयोजक सन्तोष केसीले धनयबाद ज्ञापन गरेका थिए , भने सहजीकरण पत्रकार शरद रेग्मीले गरेका थिए ।

यसबीच प्रेस युनियन दाङले पनि बनभोज कार्यक्रम गरेको छ । लमहीको जखेरा तालमा बनभोज कार्यक्रमको आयोजना गरेको हो । त्यस अबशरमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकारको हकहितका लागि लड्न पत्रकार महासंघ तयार रहेको बताए । पत्रकारहरुको क्षमता बृद्धि हुन आबश्यक रहको समेत उनको भनाई थियो ।