दाङ, १९ जेठ । लागुऔषधको सेवनले समाजलाई खराब बाटोमा लागिरहेको एक कार्यक्रममा वोल्ने वक्ताहरुले वताएका छन् । साथीहरुको लहलहै र परिवारको लापरवाहीका कारणले गर्दा उज्यालो भविष्य वोकेका युवाहरु लागुऔषध सेवनमा फसेको पनि उनीहरुले वताए ।

aaaaतुलसीपुर उपमहानगरपालिकामा लागुऔषध सेवनको अवस्था न्युनीकरण गर्नका लागि आयोजना गरिएको सचेतनामुलक कार्यक्रममा वोल्ने वक्ताहरुले चेतनाको विकास गर्न सक्यो भने समाजमा लागुऔषध सेवनको अवस्था सुधारिने वताएका थिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ को भमकेमा आयोजना गरिएको कार्यक्रममा सहजीकरण गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक रमेश विष्टले समाजमा लागुऔषध सेवनको अवस्था नाजुक भएको भन्दै यसवाट छुटकारा पाउनका लागि सचेतना जागृत गर्नुपर्ने कुरामा जोड दिए ।

उनले सामाजिक सञ्जालले समाजमा फैलाएको विकृतिका वारेमा जानकारी गराउँदै सामाजिक सञ्जाल चलाउन नसक्दा समाजमा कस्तो दुर्घटना भइरहेको छ भन्ने कुराका वारेमा समेत सचेतना दिएका थिए । वडा नम्वर १ का अभिभावक र युवायुवतीहरुलाई सहभागी गराइएको कार्यक्रममा लागुऔषध सेवनका असरका साथै यसबाट कसरी वच्ने भन्ने कुराका वारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा पूर्व लागुपदार्थ दुव्र्यसनी हरिश वस्नेतले लागुपदार्थ सेवनमा फसेको अनुभव सुनाएका थिए । नयाँ पाइला पुनस्र्थापना केन्द्रका कार्यक्रम संयोजक समेत रहेका वस्नेतले लागुपदार्थ सेवनबाट जीवनमा पर्ने असरका वारेमा अनुभव साटेका थिए । वडाध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतमा भएको कार्यक्रमको सहजीकरण प्रेस संयोजक वसन्त विवश आचार्यले गरेका थिए ।

यसैविच तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ मा पनि यस्तै कार्यक्रमको आयोजना गरिएको थियो । वडाध्यक्ष श्याम डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै उनले वालवालिकाहरुका हरेक गतिविधिका वारेमा अभिभावकले चासो राख्ने हो भने लागुपदार्थ दुव्र्यसनीको संख्या घटेर जाने वताए । कार्यक्रम संयोजक सुरेश रावतको अध्यक्षतमा भएको कार्यक्रममा सई रामहादुर जिसीले सहजिकरण गरेका थिए ।