काठमाडौं, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टीले नाम फेर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ राखेर निर्वाचन आयोगमा नाम दर्ता गराएको पार्टीले नयाँ नामसहित दर्ताका लागि आयोगमा बिहीबार निवेदन दिने तयारी गरेको छ । नयाँ नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्ताव गरिएको छ ।

KP-पार्टी संसदीय दलको बुधबारको बैठकमा उपनेता सुवास नेम्वाङले आमजनता, बुद्धिजीवी, नागरिक समाजको सुझाब तथा पार्टी अध्यक्षद्वयसँगको परामर्शपछि पार्टीको नाम परिमार्जनका लागि बिहीबार आयोगमा निवेदन दिन लागिएको जानकारी गराएका थिए । नयाँ पत्रिकामा खबर छ नयाँ निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टीको नामको पछाडि (नेकपा) पनि रहनेछ ।

‘हामीले यसअघि अन्डरलाइन राखेरै दर्ता गराएका थियौँ । तर, यसबारे धेरै छलफल ग(यौँ, जनता, बुद्धिजीवी, नागरिक समाजका सुझाब पनि सुन्यौँ । अध्यक्षद्वयसँगको परामर्शपछि अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० रहने गरी परिमार्जन गर्न आयोगलाई आग्रह गर्ने निर्णयमा पुगेका छौँ,’ बैठकमा उपनेता नेम्वाङले भनेका थिए ।

उनले पार्टीको नाम परिमार्जन प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै बिहीबारै आयोगमा पुगेर औपचारिक पत्राचार गरिने बताए । आयोगमा नेकपाले ४४१ केन्द्रीय सदस्यको हस्ताक्षरसहित दर्ताका लागि यसअघि नै निवेदन दिइसकेको छ । औपचारिक छानबिनपछि आयोगले अन्तिम निर्णय गर्न बाँकी छ ।

यसअघि आफ्नो पार्टीको नाम राखेर दर्ता गराएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले विरोध जनाएका थिए । नेकपाकै नाममा कट्टेलको दर्ता छ भने विप्लव नेतृत्वको पार्टी नेकपाकै नाममा सञ्चालित छ ।

नेम्वाङ उपनेता, गुरुङ सचेतक चयन
नेकपाको बुधबारको संसदीय दलको बैठकले सुवास नेम्वाङलाई दलको उपनेता तथा सांसद देव गुरुङलाई प्रमुख सचेतक चयन गरेको छ । सचेतकमा शान्ता चौधरी चयन भएकी छिन् ।

टुंगिए स्थायी कमिटी सदस्य
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटीलाई पूर्णता दिएको छ । तत्कालीन एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ नेता स्थायी कमिटीमा परेका छन् । तत्कालीन एमालेका अमृत बोहरा, केशव बडाल र सोमनाथ प्यासी तथा माओवादीका अमिक शेरचन र पेशल खतिवडा आमन्त्रित सदस्यमा राखिएका छन् । बुधबार बसेको शीर्ष नेताहरूको बैठकले स्थायी कमिटी सदस्यको नाम टुंग्याए पनि वरीयताक्रम भने मिलाएको छैन ।