कैलाली, १३ जेठ । धनगढीमा आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी ९ लाख रुपैयाँ लुटेर भागेका दुईजनालाई प्रहरीले अत्तरियाबाट पक्राउ गरेको हो । कार्कीमाथि गोली हानी पैसा लुटपाट गरेर भागेका उनीहरु पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए ।

sutingggggलु ४० प ४४३८ नम्बरको मोटरसाईकलमा आएका दुई जनाले धनगढीको सब्जीमण्डीमा कार्कीमाथि गोली प्रहार गरी बैंकबाट झिकेको रकम लुटेर भागेका थिए । कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।