इन्द्रेणी संवाददाता
दाङ, १३ जेठ । सहिद कृष्णसेन इच्छुक १६ औं स्मृति दिवसको अवसरमा तीन जना पत्रकारहरुलाई सम्मान एवं पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघमा स्थापना गरिएको कृष्णसेन स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य अजयदीप शर्मालाई, प्रेस सेन्टर दाङमा स्थापना गरिएको सेन स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार केएल पीडित र चिन्तामणि–जमुना स्कृति पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका देवेन्द्र वस्नेतलाई सम्मान एवं पुरस्कृत गरिएको हो ।

2नेपाल पत्रकार महासंघ दाङशाखा, प्रेस सेन्टर दाङ र प्रेस चौतारी दाङले सयुक्त रुपमा आज घोराहीमा आयोजना गरिएको कार्यक्रममा तीनै जना पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मालगायतका अतिथिहरुले दोसल्ला, प्रमाणपत्र र नगदसहित सम्मान गरेका हुन् ।

3सो अवसरमा बोल्ने वक्ताहरुले सहिद सेन नेपाली पत्रकारिताका नयन भएको र उनले आफ्नो युद्धपत्रकारिताबाट नेपाली पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान गरेको जोड दिएका थिए । सेनलाई दशवर्षे सशस्त्र युद्धको समयमा विभिन्न आरोप लगाएर हिरासतमा हत्या गरिएको थियो ।

1कार्यक्रममा विशिष्ट अतिथि नेपाल कम्युष्टि पार्टीका केन्द्रीय सदस्य जीवन गौतम, नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सुदीप गौतम, चिन्तामणि–जमुना स्कृति पत्रकारिता पुरस्कारका संस्थापक रामप्रसाद जैशी, पुरुषोतम खनाललगायतले सेनको बारेमा चर्चा गरेका थिए । प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टरका सचिव पाण्डव शर्माले गरेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको थियो ।