इन्द्रेणी संवाददाता
काठमाडौं, १२ जेठ । सभामुख कृष्णबहादुर महराले आफ्नो नाम जोडेर केही सामाजिक सञ्जाल र केही दर्ता नभएका अनलाइनहरुमा आएका घृणित क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

Krishna bdr maharaफेसवुक, टुवीटर र पहिचान नखुलेका अबैधानिक अनलाइनहरुमा चरित्र हत्या गर्ने उद्देश्यका साथ भएका यस्तो क्रियाकलापप्रति ध्यानाकर्षण जनाउँदै सभामुख महराले यस्ता कार्यको कानुनी उपचार खोजिने बताएका छन् ।

‘राजनीतिक प्रतिशोध साँध्नेदेखि अनलाइन र फेसबुक पेजको लाइक कमेन्ट बढाउने, भिजिटर, फ्लोअर बढाउने, अरुको मानमर्दन गरी आफूले चर्चा कमाउने नाममा सामाजिक सञ्जालमा निकृष्ट र गालीगलौजमा उत्रिएका सामाजिक सञ्जालका एकाउन्ट र पहिचान नखुलेका अनलाइनहरुमाथि चाँडै नै कानुनी उपचार खोजिनेछ’ महराले भनेका छन् ।

कल्पनै गर्न नसकिने घृणित क्रियाकलापमा नाम जोडेर चरित्र हत्या गर्न खोज्ने खराब नियत भएका व्यक्तिले नेपालको प्रचलित ऐन, कानून, साइबर अपराधका बारेमा बेलैमा बुझ्ने चेष्टा गर्न समेत आग्रह गर्दै उनले यस्ता कपोलकल्पित, भ्रामक र हावादारी समाचार, स्टाटस, ट्वीटबाट भ्रमित नहुनसबैमा हार्दिक अनुरोध गरेका छन् ।