राजेन्द्र न्यौपाने
गोरखा १२ जेठ । कृषि सहकारी तथा भूमिसूधार मन्त्री लेखबहादुर थापा मगरले प्रत्येक सहकारी कुल पुँजीको ३० प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नुपर्ने बताएका छन् ।
गोरखा स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्था लि.को सभाहलमा भएको गोरखा जिल्ला सहकारी सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेता थापाले सो कुरा बताएका हुन् ।
नेपालमा रहेका ३५ हजार सहकारी मध्ये प्रदेश नम्बर ४ मा तीन हजार पाँचसय सहकारी रहेको र उनीहरुले लुकाएका पुँजी बाहेक देखिएको पुँजी ६५ अर्ब रहेको थापाले बताए । पैसठ्ठी अर्व सम्पतीको ३० प्रतिशत लगानी गरियो भने प्रदेश नम्बर ४ लाई कुनै पनि उपभोग्य बस्तुको खाँचो नरहने थापाले बताए ।
सहकारीलाई तीन तहमा विभाजन गरिएको बताउँदै कृषि तथा उत्पादन सहकारी, बहुउदेश्यीय सहकारी र बचत सहकारी एक आपसमा मिलेर काम गर्नुपर्ने नेता थापाको भनाइ थियो ।











