काठमाडौं, ३ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रितलाई गुमाउनु परेको दिनलाई नै पार्टी एकता गरेर सन्देश दिने प्रस्ताव आफूले राखेको बताए । दुई दलको एकताले नेपालको राजनीतिमा नयाँ रुपान्तरण, नयाँ उदाहरण प्रस्तुत गर्ने उनले विश्वास व्यक्त गरे ।

prachandaनेपाली आमाको कोखबाट जन्मिनुभएको एक पात्र मदन भण्डारीले जनता र देशको भलाईका निम्ति आफूलाई समर्पित गर्नुभयो, यो हामी नेपालीका लागि गर्वको विषय हो अध्यक्ष प्रचण्डले मदन–आश्रितको २५ औं स्मृति दिवसको अवसरमा विहिबार एमाले पुरानो पार्टी मुख्यालय वल्खु प्राङ्गणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “मदन–आश्रितको निधनकै दिन पार्टी एकता गरेर विश्वलाई गतिलो सन्देश दिने प्रयास गरेका छौं, आजै पार्टी एकता घोषणा हुँदैछ ।”