इन्द्रेणी संवाददाता
वुटवल, ३ जेठ । रुपन्देहीमा एक जना मजदुरमाथि गोली प्रहार भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा घर निर्माणमा कार्यरत कोटइमाई–४ रुपन्देहीका रामकेश धबलमाथि बुधबार राति गोली प्रहार भएको हो ।

sutingggggखाना पकाउदै गरेका धवललाई नचिनेका मान्छेको समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली लागेर गभ्भीर घाइते भएका धवलको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

धवलको अवस्था चिन्ताजनक छ । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको र गोली प्रहार गर्नेको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।