काठमाडौं, २ जेठ। चुनावी तालमेलदेखि सरकार गठन र पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जेठ ६ गते एकता घोषणा गर्न सहमत भएका छन् ।

KP-बुधबार ओली र प्रचण्डबीच पार्टी एकताका विषयमा छलफल गर्न एक्ला एक्लै बसेको बैठकमा उनीहरू सहमत भएका हुन् । आज र भोलि बिहानसम्म एमाले र माओवादीको छुट्टाछुट्टै बैठक बस्ने र भोलि नै एकता संयोजन समितिको बैठक बसेर जेठ ६ गते पार्टी घोषणा गर्ने प्रचण्ड-ओली सहमत भएको बालुवाटार स्रोतले जनाएको छ ।

आज ४ बजे नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय विस्तारित बैठक पनि बस्दैछ । त्यस्तै एमालेले भोलि बिहान ११ बजे आकस्मिक बैठक बोलाएको छ ।