भरतपुर, ३० वैशाख । चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केट बीचमा बम विस्फोट भएको छ ।

bomaaविस्फोट विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरीले जनाएको छ । मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोट विहान भएको हो ।

पोखरामा भेटिएका बम डिस्फोज
यसैगरी पोखराको दुई ठाउँमा फेला परेको बम नेपाली सेनाले डिस्फोज गरेको छ । पोखराको विमानस्थल अगाडी र विजयपुरमा बम फेला परेको हो । पोखरा विमानस्थलको १ नम्बर गेट नजिक बम रहेको जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको र तत्काल बमलाई निष्कृय पारेको थियो ।

यस्तै विजयपुरमा भेटिएको बम पनि नेपाली सेनाको टोलीले डिस्फोज गरेको कास्की प्रहरीले जनाएको छ । विप्लप माओवादीले गरेको बन्दका बेला बम फेला परेकाले उनीहरुले नै तर्साउनका लागि राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।