काठमाडौँ, २९ वैशाख । नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतार्थ पशुपति मन्दिरको साजसज्जा गरिएको छ । प्रधानमन्त्री मोदी आज शनिबार बिहान १०ः३० बजे पशुपतिनाथमा पञ्चामृत पूजाको सङ्कल्प हुनेछ ।
मन्दिर परिसरको वासुकी, लालगणेश, कीर्तिमुख भैरव, उन्मत्त भैरव, नवग्रह सत्यनारायण, सन्तापहरेश्वर, सन्तानेश्वर, ज्वरेश्वर लगायतका देवस्थलमा पनि उहाँले पूजा अर्चना गर्ने छन् ।
पशुपतिनाथका विसेट अरुण श्रेष्ठका अनुसार मोदीले अघिल्लो पटक भ्रमणमा आउनु हुँदा एक पटक पशुपतिनाथमा पूजा गरिसकेका छन् ।
पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र शनिबार थप व्यवस्थित हुनेछ ।











