हापुरे, २२ बैशाख । नेकपा एमालेका संगठित सदस्य ज्ञानप्रसाद आइतबारेका बुवा फर्साराम पाण्डेको तेह्रौ पुण्यतिथीका अबसरमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको हो । नेकपा एमाले बबई गाउँपालिको आयोजनामा श्रद्धाञ्जलीसभा सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष जितबहादुर वलीको अध्यक्षता तथा प्रदेश सांसद रेवतीरमन शर्माको प्रमुुख आतिथ्यता श्रद्धाञ्जलीसभा सम्पन्न भएको थियो । श्रद्धाञ्जलीसभामा नेकपा एमालेका जिल्ला सदस्यहरु मनोहर बुढाथोकी, प्रेमबहादुर थापा, चुर्णबहादुर वली, दिलबहादुर पुन, क्षेत्रीय सदस्य प्रेमबहादुर खत्रीले बोल्नुभएको थियो ।
हापुरे उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनुभएका ज्ञानप्रसाद आइतबारेका बुवा फर्साराम पाण्डेको बैशाख ९ गते ९३ बर्षको उमेरमा निधन भएको थियो । युवा संघका जिल्ला सदस्य देबीलाल बुढाले सञ्चालन गरेको कार्यक्रममा छोरा ज्ञानप्रसाद आइतबारेले धन्याबाद ज्ञापन गर्नुभएको थियो ।











