संजय कुशवाहा

नवलपरासी २१ बैशाख । नवलपरासीको प्रतापपुर गाउँपालिकाले अहिलेसम्म ९० प्रतिशत योजनाहरु सम्झौता गरेको छ । गाउँपालिकाले वडा तथा गाउँपालिका स्तरमा करिब ८५ प्रतिशत योजनाहरु उपभोक्ता मात्र सम्झौता गरेको छ भने उपभोक्ता नआएकाले अरु योजनाहरु टेण्डर प्रक्रियमा ल्याइ योजनाहरू धमाधम सम्झौता भैरहेको गाउँपालिका योजना साखा प्रमुख राजेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।

आर्थिक वर्ष २०७४ र ०७५ को ९० प्रतिशत विकास निर्माणका योजनाहरु सम्झौता पुरा भएको छ ।तर यसरी गाउँपालिका योजना सम्झौता गरे पनि सबै योजनाहरु असारमसान्त भित्रै सक्न गारहो देखिएको स्थानीयहरूले बताएका छन।

उपभोक्ताको ढिलो कामकार्वाहीले वाडाको विकास निर्माणका बजेट फ्रिज हुने संकेत समेत देखिएको स्थानिय बताउछन् । गाउँपालिकाले योजना सम्झौता गरिरहदा केहि योजनाहरुको कार्य सम्पन्न भई फच्र्यौट पनि गरेको जनाएको छ ।

गाउँपालिकाले योजना सम्झौता भएई सकेपछि वाडाहरूको काम ढिलो हुनुको कारण रोडहरुको नयाँ मापदण्ड निर्धारण नभएकाले,केही वडाहरूमा स्थानीय दवारा रोड अतिक्रमण भए पछि रोड छुट्टाउनुमा योजना सम्झौताहरुको काममा ढिलाई भएको गाउँपालिकाका अधयक्ष राजकुमार शर्माले बताए ।