काठमाडौं, २१ बैशाख। गृहमन्त्री रामबहादुर थापा बादलले यातायात बन्द गर्ने समितिका पदाधिकारीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् ।
सिन्डिकेड कायम राख्न पाउनुपर्ने मागसहित नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आज बस नचलाएपछि गृहमन्त्री बादलले यस्तो निर्देशन दिएका हुन् ।
सिन्डिकेटधारीसँग सरकार नझुक्ने भन्दै यस्तो कार्यमा संलग्नलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ ।











