विमल योगी
दाङ, १६ बैशाख । घरमा आगलागी भएपछि हिरासिँह केसीको परिवार बिचल्लीमा परेको छ । घोराही उपमहानगरपालिका वडा नंं. ७ बेलहरी निवासी केसीको घरमा शुक्रवार बिहान आगलागी भएको थियो । आगलागीबाट घरमा रहेको सवै धनमाल जलेर नष्टभएपछि केसी परिवार बिचल्लीमा परेको हो ।

IMG_2293खरको छानो रहेको एक तले घरमा बच्चाले लाईटर खेलाउने क्रममा आगो सल्कीएको थियो । आगलागीबाट घरमा रहेको खाद्यन्न,लत्ताकपडा,नगद तथा गरगहना सवै जलेको पिडित केसीले जानकारी दिए ।

अहिले छिमेको घरमा आश्रय लिएर बसिरहेका केसीले आवश्यक आर्थिक सहयोग गरिदिन सवैमा अपिल गरेका छन् । घर जलेर नष्ट भएपनि हालसम्म कतैबाट सहयोग नपाएको उनको गुनासो छ ।

यसैवीच वडा नम्वर ७ ले आगलागी पिडित केसीको परिवारलाई राहात दिलाउन पहल थालेको छ । वडा अध्यक्ष खोपीराम चौधरीका अनुसार तत्कालका लागी खाद्यन्न,भाडाकुडा र अस्थायी टहराका लागी बिभिन्न निकायसंग राहात माग गरिएको छ ।