काठमाडौं, १६ बैशाख। एमाले माओवादी पार्टी एकतामा ढिलाइ भइरहेका वेला एमाले बरिष्ठ नेता बामदेब गौतमले पार्टी एकतामा ढिलाइ भए कार्यकर्ताबाटै एकतको काम शुरु हुने बताएका छन् । उनले एमाले केपी शर्मा ओली र माओवादी पुषपकमल दाहाल प्रचण्डका कारण ढिला भएको बताएको बताउदै एकताका लागि सबै कुरा टुङ्गिएपनि ओली– प्रचण्डले एकतामा ढिलाई गरेको भन्दै तलबाट एकता प्रक्रिया सुरु आव्हानसमेत गरे ।

bamdeb gautamसिन्धुली–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले भने ‘एकताका लागि राजनीतिक प्रतिवेदन तयार छ, विधान पनि तयार भइसकेको छ, धेरै कुरा मिलिसकेका छन्, तर पनि एकता हुँदैन, किन भइरहेको छैन, मलाई पनि थाहा छैन । त्यसैले, अब एकता माथिबाट होइन, तलबाट गर्नुपर्छ, केही अप्ठेरो परे म बेहोरौंला।’

एकता संयोजन समितिको सदस्य समेत रहेका गौतमले १७ असोजमा गर्ने भनिएको एकता हुन नसक्नुको गुदी कारण ओली–प्रचण्डले जानकारी नगराएको गुनासो गरे ।कार्यक्रममा माओवादी नेता अग्नि सापकोटाले एकता प्रक्रियागत रुपमा हुनुपर्ने भन्दै विना प्रक्रिया एकता गरियो भने अराजकता सिर्जना हुने समेत गौतमले बताए ।