डिवी घर्ती
जाजरकोट, १४ असाार ।
जिल्लामा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमद्धारा सञ्चालित ८ वटा स्थानिय अनुकुलन कार्ययोजनाको गत एक हप्तामा आधा दर्जन कार्यक्रमहरु सम्पन्न भएका छन् । पुर्व निर्धारित कार्ययोजना अनुसार आधा दर्जन कार्यक्रमहरु एक हप्तामा सम्पन्न भएका हुन् ।anukulan

स्थानिय अनुकुलन कार्ययोजनामा रहेका कार्यक्रमहरु विद्युतिय गतिमा कार्यन्वयन भईरहेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला संयोजक विपिन कडेलले वताए । आर्थिक वर्षको अन्तमा आएर स्वीकृत योजनाहरुको अख्तियारी प्राप्त भएको हुदा कार्यन्वयनको गतिलाई तिव्रतामा लिनु परेको संयोजक कडेलको भनाई छ ।
संयोजक कडेलले दिएको जानकारी अनुसार यही असार ४ गते स्थानिय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारी सहितको टोलीद्धारा सुवानाउली गाविसमा सञ्चालित लापा क्रियाकलापहरुको स्थलगत निरीक्षण गरिएको छ ।

त्यसैगरी असार ८ गते खलंगामा सञ्चालित ४५ दिने आधारभुत सिलाई कटाई  तालिमको समापन गरिएको छ । उक्त तालिममा सहभागी १७ जना मध्ये १० जना उत्कृष्ट तालिमीलाई स्थानिय विकास अधिकारी इन्द्र गौतमद्धारा मेसिन हस्तान्तरण गरिएको थियो । ४५ दिन सम्म चलेको तालिमलाई आर्थिक सहयोग नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले गरेको थियो भने, तालिमको आयोजना  घरेलु तथा साना उद्योग विकास समितिले गरेको थियो ।
त्यसैगरी असार ९ गते जुगाथापाचौरमा गाविस स्तरीय जलवायु परिवर्तन सम्वन्धी लोकगीत प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगीतामा ६ वटा समुहले भाग लिएका थिए भने, मिलन महिला समुह प्रथम भएको थियो । असार १० गते नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम जिल्ला संयोजक विपिन कडेल र जुगाथापाचौर गाविस सचिव सुनिल रौनियार सहितको टोलीले जुगाथापाचौरमा सञ्चालित लापा क्रियाकलापहरुको स्थलगत अनुगमन गरिएको थियो ।