इन्द्रेणी संवाददाता
प्युठान, १४ असार
प्युठानको गर्तङफेदी–डाडाँगाउँ–फुर्धारा सडक निर्माण भएपछि स्थानीय हर्षित भएका छन ।
वर्षौदेखि अँधुरै रहेको उक्त सडक यसवर्ष पुरा भएको हो । धेरै वर्षदेखि गाँउमा गाडी गुडाउने सपना देखेका त्यहाँका स्थानीयको सपना अहिले पुरा भएको छ ।
बांगेमरोट–७ का तिल बहादुर परियारले मोटरवाटो निर्माण भएपछि बांगमेराटको विडडाँडा, सौतामारे, पोखरीडाँडा सहित छिमेकी जिल्ला अर्घाखाँचीका सर्वसाधरण प्रत्यक्ष लाभांवित भएको जानकारी दिनुभयो ।
जिल्ला विकास समितिबाट ७ लाख १० हजार ४ सय, गाँउलेको १ लाख ८ हजार ३ सय र उपभोक्ता समितिको ७१ हजार गरी ८ लाख ८९ हजार सात सय १ रुपैयाँमा वाटो निर्माण भएको हो ।।
