घोराही, २ बैशाख । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नयाँ बर्ष २०७५ सालको अबसरमा नगरबासी सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । नगर प्रमुख चौधरीले सुभकामना सन्देश जारी गर्दै नयाँ बर्षको अबसरमा सम्पूर्ण घोराही उपमहानगरबासीहरुको सुख, शान्ति र संबृद्धीको कामना गर्नुभएको छ ।

नयाँ बर्षमा नगरबासीमा छाएको उमंग, उत्साहले घोराही उपमहानगरलाई संबृद्ध नगर बनाउन सकारात्मक भुमिका खेल्ने अपेक्षा नगर प्रमुख चौधरीले गर्नुभएको छ । घोराही उपमहानगरलाई संबृद्ध नगर बनाउन नगरबासीको साथ र सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।

नयाँ बर्षलाई नयाँ सोचको सुरुवातकारुपमा लिदै नगरको चौतर्फि विकासमा नागरिक सहभागिता अनिवार्य हुने समेत सन्देशमा उल्लेख छ । आर्थिक, सामाजिक, भौतिक र साँस्कृतीक विकासका लागि अबको सोच केन्द्रित हुनु पर्ने भन्दै उहाँले आफ्नो नगर आफै बनाऔ अभियानमा जुट्न समेत नगरबासीलाई अपिल गर्नुभएको छ ।।