बुर्तिबाङ्ग, २ वैशाख – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दशकभित्र समृद्ध नेपाल निर्माणको सङ्कल्पगर्न सबैलाई आह्वान गर्नुभएको छ ।
शनिवार बाग्लुङको ढोरपाटन नगरपालिका स्थित बुर्तिबाङ्गमा आयोजित ढोरपाटन महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निजी, सार्वजनिक र सहकारीको सहकार्यमा तीव्र आर्थिक विकास गर्ने सङ्कल्पगर्न आह्वान गर्नुभयो ।

‘विकासको निम्ति निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य बिना तीव्र आर्थिक विकास हुन सक्दैन । त्यस कारण निजी क्षेत्रसँग सहकार्य गर्ने प्रक्रियामा पनि एउटा नयाँ मोडल विकास गर्न चाहेकाछौँ’उहाँले भन्नुभयो ‘निजी सार्वजनिक र सहकारीको सहकार्यबाट हामीआउने एक दशक भित्र नयाँ र समृद्ध नेपाल निर्माण गरि छाड्ने सङ्ककल्प गरौँ, म सबैलाई आह्वानगर्न चाहन्छु ।’ अध्यक्ष प्रचण्डले समृद्धिको यात्राका लागि राष्ट्रिय एकतालाई केन्द्रमा राखेर लाग्न प्रतिपक्षीदललाई आह्वान गर्नुभयो ।

‘एकता नबनेको भए न १२ बुँदे समझदारी, न शान्ति सम्झौता हुन्थ्यो, न त संविधान, सङ्घीय गणतन्त्र, ३ तहको सरकार, विकासको निम्ति राष्ट्रिय सङ्कल्प नै हुने थियो’ उहाँले भन्नुभयो ‘हामीअहिले पनि विकासको एजेन्डामा, निर्माणमा, समृद्धिमा, स्थायीत्वमा कोही सत्तापक्ष र प्रति पक्ष होईनौँ । हामी राष्ट्रिय एकतालाई केन्द्रमा राखेर विकासको काममा हातेमालो गर्न सत्ता पक्ष वा वामगठबन्धन त्यसको लागि सहकार्य गर्न तयार छ ।’

नेपाली जनता ६० वर्षदेखि राजनीतिक अराजकताको चपेटामा परेकोले विकासका काममा पछाडि परेको भन्दै अध्यक्ष प्रचण्डले नयाँ संविधान बने पछि त्यो स्थितिको अन्त्य भएको बताउनुभयो । ‘एउटा सरकारले अगाडी सारेकाकामहरू अर्को सरकारले आएर भत्काईदिने र अर्को नयाँ योजनाअगाडी सार्दा नेपालीजनताजहिले पनिअन्योलमाजहिले पनिभ्रममा रहनुपर्ने बडो बिचित्रको विडम्बनापनिहामीले भोग्यौँ’, उहाँले भन्नुभयो ‘नेपालको इतिहासमायी सबै चुनैतिहरुलाई पार गर्दै नयाँ राष्ट्रिय एकता कायमगर्ने र नयाँ वातावरण निर्माण गर्ने सङ्घीयताको, गणतन्त्रको, समावेशिताको, समानुपातिकताको, विकासका लागि शिक्षालाई, स्वास्थ्यलाई,रोजगारीलाई मौलिकअधिकारको रूपमा व्याख्या गरेको संविधान निर्माण गरेकाछौँ, यसले धनी र गरिबको बिचको दुरी घटाउने कुरा गरेको छ । ’

अध्यक्ष प्रचण्डले २०७५ साल विदेशमा रहेका नेपाली युवाहरू देशभित्रै फर्कने शुरुवाती वर्षको रूपमा हेर्न पनिअपिल गर्नुभयो । ‘देशबाहिर रहेका सम्पूर्ण नेपालीलाई अव नेपालभित्रै रोजगारी सृष्टिगर्ने र आर्थिक विकासका गतिप्रदानअभियान चलेको छ’उहाँले भन्नुभयो ‘यो नयाँवर्ष नेपाली युवाहरू देशभित्रै फर्कने वर्षको रूपमा हेर्नका लागिअपिलगर्दछु ।’