13522695_293112074370573_1554322430508144170_oदाङ १३ असार ।  १ किलो अबैद्य यार्सागुम्वासहित दाङको तुलसुीपुरबाट एक जना पक्राउ परेका छन् । मुगुबाट यार्सा ल्याई अबैद्य रुपमा बिक्रि गर्दै हिडेका बर्दिया ५ कालिकाका ५१ वर्षिय कर्णसिंह सुनारलाई तुलसीपुर–६ हात्तीखौवा बाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएको प्रहरीे टोलीले यार्सागुम्वा र तस्करलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा बुझाएको बताईएको छ । पक्राउ परेका सुनारलाई कारबाहीका लागि जिल्ला वन कार्यालयमा बुझाउने दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।।