भारत, २३ चैत । भारतीय सिने क्षेत्रका चर्चित अभिनेता सलमान खान पाँच वर्षका लागि जेल परेका छन् । कालो हरिण मारेको अभियोगमा जोधपुर कोर्ट दोषी ठहर गर्दै बिहीबार पाँच वर्षको सजाय सुनाएको हो ।

salmanअदालतको फैसलापछि सलमानले बिहीबार जोधपुर सेंट्रल जेलमा विताएका छन् । शुक्रवार विहान करीब डेढ घण्टासम्म चलेको बहसपछि अदालतले शनिबारसम्मलाई सलमानको जमानतका निवेदन उपरको कारबाहीलाई स्थगित गरेको छ । अब सलमान खानले शुक्रबार पनि जेलमै विताउनु पर्ने भएको छ । बिहीबार सलमान खान भुईमा रात विताएका छन् ।