झापा, २२ चैत। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, बिर्तामोड र धुलाबारी शाखाबाट नक्कली सुनको गरगरहना धितो राखी २७ लाख २८ हजार ऋण निकाल्ने ६ जना पक्राउ परेका छन् ।

sunयसरी पक्राउ पर्नेमा मिना देवी खड्का, शम्भु खत्री, राम कुमार तामाङ्ग, राजकुमार श्रेष्ठ, गणेश प्रधान र प्रवेश अधिकारी रहेका छन् । खड्का र खत्रीलाई जिल्ला अदालत, झापाको आदेश बमोजित पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएका छ ।

तामाङलाई अदालतले ३ लाख ९८ हजार रुपैयाँ धरौटी माग गरेकोमा बुझाउन नसकेपछि थुनामा रहेका छन् भने श्रेष्ठलाई ३ लाख ९८ हजार, प्रधान र अधिकारी ७० ७० हजार धरौटी बुझाएर छुटेका छन् ।