दाङ, १३ असार । समलिंगी तथा तेस्रो लिंगी सम्वन्धि अभिमुखीकरण कार्यक्रम दाङको त्रिपुरमा सम्पन्न भएको छ । त्रिपुर नगरपालिकाको आर्थिक सहयोग तथा निल हिरा समाज दाङ र मानव स्वास्थ्य समाजको संयुक्त आयोजनामा आज सिद्धरत्न उच्च मावि नारायणपुरमा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागीहरुले तेस्रो लिंगीहरुप्रति कसैले पनि भदभाव नगर्ने प्रतिवद्धता जनाएका छन । यदि कहि कतै तेस्रो लिंगीहरुको पहिचान भएमा उनीहरुलाइ समाजमा पुनस्थापनामा सघाउने समेत उनीहरुले वताएका छन । कार्यक्रममा उक्त विद्यालयका ५ जना शिक्षक र ७० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
शिक्षक लक्ष्मी केसीको अध्यक्षतामा भएको कार्यक्रममा निल हिरा समाजकी कार्यक्रम संयोजक शिल्पा चौधरीले सकजीकरण गर्नुभएको थियो । कार्यक्रमको सन्चालन लिलाधर वुढाथोकीले गर्नुभएको थियो ।।