चैत २० । भारतको उत्तराखण्ड राज्यको केदारनाथमा भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटना भएको छ।
निर्माण सामाग्री बोकेको भारतीय वायुसेनाको एम १७ हेलिकोप्टर गुप्तकाशीबाट केदारनाथ जानेक्रममा दुर्घटनामा भएको बताइएको छ ।
दुर्घटनामा हेलिकोप्टर पूर्णरुपमा क्षतिग्रस्त भएको छ। दुर्घटनामा कोहीपनि घाइते नभएको भारतीय संचारमाध्यमले जनाएका छन्। दुर्घटनाको कारण भने अझै खुलेको छैन।











