गोविन्द खडका
घोराही, २० चैत । थुनेको दुई हप्ता वित्दा पनि घोराहीमा गाईपालक भेटिएका छैनन् । छाडा गाई गोरु बजारबाट छोपेर कान्जिहाउसमा हुलेको यति लामो समय वित्दा सम्म न त गाईका मालिक नै कोहि सम्पर्कमा आएका छन् ।

indd p‘सात वटा गाई गोरु छन् । दैनिक पराल, बरान र पानी खाईराछन्’ वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक शत्तिराम डागिले भन्नुभयो, ‘दश हजारको पराल किनेको हो, सकिन लागेको छ । दैनिक खर्च दुई तिन हजार आएको छ ।’ उहाका अनुसार आर्थिक नोक्सान र कर्मचारीका लागि झन्जट थपिएको छ ।

छोपेका गाई गोरु लैजान उपमहानगरपालिकाले सार्वजनिक सुचना जारी गयो । रेडियो र पत्रपत्रिका मार्फत गाई गोरु लैजान सुचना दियो । चिनेर लैजाने मात्र होईन निशुल्क रुपमा पाल्ने गरी पनि कोहि सम्पर्कमा आएनन् । उपमहानगरपालिकाले सम्वन्धित व्इक्ति, कृषिक एवं गाई पालनका फर्म तथा संस्थाहरुलाई आव्हान गरेको थियो । तर, छोपेको १८ दिन नाघदा सम्म कोहि आएका छैनन् ।

पशु परानीलाई उचित स्याहारका साथ पालन पोषण गरीएको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।
बाहिर जिल्लाका आएपनि दिने गरी वातावरण समितिका संयोजक डागिलाई जिम्मा लगाएको मेयर चौधरीको भनाइ छ । बाच्चछा सहितका दुहुना गाई बाहेक अरु नलगेको उपमहानगरपालिकाले जनाएको छ ।

केही दिन अघि नारायणपुर र घोराहीका गाई खेरबटुल गरेर रोल्पा पठाईएको थियो । गाई लैजाने व्यक्तिलाई खरीद गर्ने व्यक्तिको सम्पर्क राख्न सल्लाह दिईएको थियो । गाई लैजाने व्यक्तिको स्थानीय तह संग पनि समन्वय गरिएको थियो । प्रहरी तथा सम्वन्धित निकाएको रोहबरमा पठाइएको गाईका बारेमा अनेकौ अड्कल बाजी चलेका थिए । पाल्न होईन अरु केहि गर्न रोल्पा लगे भनेर आरोप लाउनेहरु धेरे थिए ।

उनिहरुकै कारण त्यसबेला गाई केहि दिन कान्जीहाउसमै थन्किएका थिए । ‘मेरै बलले पठाएको हु“ । अनेक थरी कुरा आएका थिए’ मेयर चौधरीको भनाई थियो, ‘व्यवस्थित रुपमा पाल्नका लागि जता लगेपनि हुन्छ । आफु नपाल्ने अरुलाई पनि लग्न नदिने खराब नियत राख्नु हुन्न ।’ उहाका अनुसार काममा भा“जो हाल्ने ठुलो कुरा होईन, निकास दिने उपाए खोज्नुपर्छ ।

त्यसबेला बिरोध गर्नेहरुले यतिलामो समय वित्दा पनि कान्जीहाउसमा थुनिएका गाईलाई व्यवस्थापन गर्न सकेका छैनन् । सामाजिक सन्जालमा गाईको महिमा गाउने र गाईका बारेमा निवन्ध लेख्नेहरु प्रशस्तै छन् । यो साता गाईको चर्चामै सामाजिक सन्जाल रंगिए । गाई माता भनेर जतिनै बखान गरेपनि गाईलाई लगेर पाल्ने व्यक्ति भने घोराही उपमहानगरपालिकाले एउटा पनि भेटाउन सकेन ।