गोविन्द खडका
घोराही, २० चैत । चिया प्युदै गफिन सोमवार विहान पिपल खालीको गिठेपानीमा ठुलै जमघट थियो । व्यानर पकडेको अर्को जमात झुर्लुक्क देखियो । सरासर समुह नजिक आएर सिष्टाचार सहित आफ्ना भनाई राख्यो । त्यो सिष्ट समुह मावि रझेनाको भर्ना खुलेको जानकारी दिने शिक्षकको रहेछ ।

20180402_071448केहि विद्यालयमा परिक्षा चलीरहेका छन् । त्यसैले भर्ना अभियान शुरु भयो भन्ने कसैले आ“कलन गरेको रहेनछ । जब व्यानर आफ्नो नजिक आयो, त्यो पढेर धेरैजसोको मुख बाट निश्कीयो ‘गजबको अभियान’ त्यहा उपस्थित भएकालाई विद्यालयले आफ्ना पर्चा वितरण ग¥यो । प्रअ सहित शिक्षक शिक्षिकाको सहभागिता थियो । प्रअ उद्धव न्यौपानेले सम्वोधन गर्दै भन्नुभयो, अंग्रेजी भाषाको मोह छ भने पनि कक्षा नौ सम्म पढाई हुन्छ । तपाई हाम्रै विद्यालय हो । निजि विद्यालय भन्दा कमसल हामि छैनौ ।’ उहाले थप्नुभयो, हामिले मन्टेश्वरी विधी द्धारा पढाउने कक्षा पनि शुरु गरेका छौ ।

प्रअ न्यौपानेको भनाईलाई पुष्टि गर्ने एउटा आधार समयमै चलेको भर्ना अभियान थियो । यति चाडै अभियान कसैले चलाएका छैनन् । यस बर्षको पहिलो विद्यालय बनेको स्थानिय भक्तीराम आचार्यले टिप्पनी गर्नुभयो । अभियानटोलिले कुन घरको बच्चाले कुन विद्यालयमा पढ्छ भन्ने तथ्यांक पनि बोकेको थियो । प्रअ न्यौपानेको विवरण हेरेर स्थानिय मित्र घर्तिले मस्तै मेहनत गरेका रहेछन् भनेर किटप्पनी गनुृभयो ।
शिक्षक शिक्षकाको ठुलो समुह भएकाले तिन चार टोलि भएर विभाजी भयो ।

त्यसले गिठेपानी, खरकट्टि, गाउ“बेसी, दिदि वहिनी, भयारथान, मिलिजुली टोलमा एकै चोटि पस्ने गरी वस्तिमा पस्यो । यतिकै मेहनत गरेपछि विद्यालय राम्रो हुने दिदि वहिनी टोलका अध्यक्ष घनबहादुर रावत, गिठेपानी टोलविकास संस्थाका अध्यक्ष नमबहादुर रावत लगाएतले प्रशंसा गर्नुभयो । खरकटि टोलका सचिव एवं कालीका सामुदायीक वनका सचिव दिनेश वलीले खुशि व्यक्त गर्दै सामाजिक सन्जालमा सार्वजनिक गर्नुभयो । भेटिएजतिकाले गज्जवको काम भनेर टिप्पनी गरे ।