इन्द्रेणी संवाददाता
काठमाडौं, ११ चैत । नेकपा माओवादी केन्द्रले सातवटै प्रदेशका इञ्चार्जहरु फेरवदल गरेको छ । जसअनुसार प्रदेश १ मा राम कार्की, प्रदेश २ मा विश्वनाथ साह र प्रदेश ३ मा हितमान शाक्यलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै प्रदेश ४ मा हितराज पाण्डे, प्रदेश ५ मा मणि थापा, प्रदेश ६ मा जनार्दन शर्मा र प्रदेश ७ मा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ।यसैगरी माओवादीले नेकपा एमालेसँगको पार्टी एकतालाई चाँडै टुङ्ग्याउने गरी तयारी सुरु गरेको छ ।
माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालय बैठकले चैत महिनाभित्रै पार्टी एकतालाई निष्कर्षमा पु¥याउने गरी तयारी थाल्ने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकले केही दिनभित्रै एकता संयोजन समितिको बैठक बसेर एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने निर्णय गरेको छ ।










