इन्द्रेणी संवाददाता
सिन्धुपाल्चोक, ९ चैत । काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको बा २ ख ४३२५ नम्बरको बस दर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । आज दिउँसो करिब साढे २ बजे सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीको एक्लेबेसीमा बस दुर्घटना भएको थियो ।

accdentदुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत भने हुन सकेको छैन । दुर्घटनामा करिब १५ जना घाइते भएका छन् । घाइतेहरुलाई ओम हस्पीटल काठमाडौंमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । बसमा करिब ४५ जना सवार रहेको अनुमान गरिएको छ ।