इन्द्रेणी संवाददाता
काठमाडौं, ९ चैत । मुलुकमा संघीय संरचनासहितको चुनौतीको सामना गर्दै प्रधानमन्त्री भएका केपी ओलीले यो कार्यकालको पहिलो भ्रमण भारत गर्ने भएका छन् ।

oli-modiओलीले यही २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको हो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच २४ चैतमा हैदराबाद हाउसमा भेटवार्ता हुने स्रोतले जनाएको छ ।