उरहरी १२ तुलसीपुर । नगरपालीका वडा नम्बर १९ मा रहेको अमर उच्च माध्यमिक विद्यालय उरहरीमा जुनियर रेडक्रस सर्कलको पुनर्गठन गरीएको छ । विद्यार्थी कविता घर्ति मगरको अध्यक्षता तथा विद्यालयका सहायक प्रधानाध्यापक पदम बहादुर वलीको प्रमुख आतिथ्यमा सर्कलको पुर्नगठन गरीएको हो । सो अवसरमा विद्यार्थि प्रकाश परीयारको अध्यक्षतामा १३ सदस्यीय जूनियर रेडक्रस सर्कल गठन भएको छ ।

Redcrossजसको उपाध्यक्षमा गंगाराम कुसारी , सचिबमा कविता घर्ति मगर , कोषाध्यक्षमा निशान घर्ति र सहसचिवमा सपना गिरी रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा पवित्रा पोख्रेल , रमित परीयार , रमेश जैशि , प्रमिला न्यौपाने , निरज थापा लगायत रहनु भएको छ ।सो कार्यक्रमको सहजीकरण शिक्षक नायक शुष्मा भण्डारीले गर्नुभएको थियो । यसैैविच सर्कलको पहिलो बैठकले असार १५ गतेका दिन विद्यालय परीसरमा पुष्प रोप्ने कार्यक्रम रहेको सचिब कविता घर्तिले जानकारी दिनुभएको छ ।।