इन्द्रेणी संवाददाता

असार १२, घोराही । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान दाङको शनिवार सम्पन्न छैठौँ जिल्ला अधिबेशन निर्वाचन प्रकृया विपरित भएको भन्दै निवर्तमान अध्यक्ष देबकला बस्नेतले छैठौँ जिल्ला अधिबेशनको निर्वाचन प्रकृया प्रति असहमती जनाएकी छिन् । बस्नेतले आईतबार घोराहीमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्र शर्माले आफ्ना भाईलाई प्रतिष्ठानको जिल्ला अध्यक्ष बनाउनका लागि हचुवाको भरमा शनिबार चुनाब गराएको भन्दै असहमती जनाएकी हुन् ।13536002_1389429121085876_142259566_n

निर्वाचन प्रकृयालाई लत्याएर हतार हतारमा चुनाब गराएको भन्दै बस्नेतले आफ्नो असहमतीलाई केन्द्रिय समितिमा निबेदन दिने बताईन । बन्द सत्र बिनै र सबै साधारण सदस्यहरुलाई जानकारी नदिएरै चुनाब गराएर प्रति बस्नेतले आपत्ती जनाएकी छिन् ।
पहिलो दिन अधिबेशनको उद्घाटन गर्ने र दोस्रो दिन चुनाब गर्ने सहमति गरे पनि केन्द्रीय अध्यक्षको हस्तक्षेपमा प्रकृया बिपरित चुनाव गराएको भन्दै आफु लगाएत केन्द्रिय सल्लाहकारहरुले बहिस्कार गरेको उनले बताए । प्रकृयागतरुपमा चुनाब गराउन निर्बाचन समितिमा निबेदन दिए पनि सुनुवाई नभएको उनको गुनासो छ ।

शनिबार भएको छैठौँ अधिबेशनले प्रेम शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको थियो । अध्यक्ष पदमा प्रेम शर्मा र देबकला बस्नेत बिच प्रतिस्पर्धा भएको थियो । १ सय ८५ जना मतदाता संख्या रहेकोमा ८७ मत ल्याएर शर्मा अध्यक्षमा निर्बा्चित भएका थिए भने बस्नेतले ४६ मत प्राप्त गरेकी थिईन ।
प्रतिष्ठानको सदस्यताका लागि कुनै मापदण्ड नहुदा पनि निर्वाचनमा समस्या भएको देखिएको छ । प्रतिष्ठानको सुभचिन्तक सबैले सदस्यता लिन सक्ने व्यवस्था रहेको छ । जो पनि प्रतिष्ठानको सदस्य बन्न पाउने भएपछि मेनपावर व्यवसायीलाई समेत सदस्यता दिइएको फेला परेको छ । प्रतिष्ठानका सदस्यहरुले फेसबुकमा समेत चुनाव प्रति असहमति जनाएका छन् ।