तेज वली
तुलसीपुर ३ चैत्र । पछिल्लो समय चर्चित नाम हो , शिर्जु अधिकारी । गायीका तथा मोडेल क्षेत्रबाट उनले पछिल्लो समय निकै चर्चा कमाउन सफल भएकी छन् । पछिल्लो समय स्टेज कार्यक्रमहरु उनलाई भ्याई नभ्याई छन् । दाङ तुलसीपुरकी अधिकारीलाई देश, बिदेशमा पनि स्टेज कार्यक्रमको अफर आउने गरेका छन् । ‘ स्टेज कार्यक्रमले भ्याई नभ्याई छ’ उनले भनिन्‘ बिदेशबाट पनि अफर आउने गरेको छ ।’
अहिले उनले काठमडौमा करियर बनाई रहेकी छिन् । उनका छेकेना जामाले, प्यार प्यार तिम्रो मनमा प्यार जगाउँला, फुच्ची फुच्चीलगायतका दर्जनौ चर्चित गीतहरु बजारमा छन् । उनले मोडेल गरेका गीतहरु बजारमा निकै मनपाराईएका छन् । उनको फिगरले गर्दा नै दर्शकहरु लोभिने गरेका छन् । प्रायः स्टेजमा हाँसिलो स्वभाबमा प्रस्तुत हुने उनी कोकाकोला फिगरमा प्रस्तुती दिने गर्छिन् । प्रेमको बार खासै नखुलाउने उनी बास्तबमा उनी प्रेम विवहा नै गर्न चहान्छिन् ।
सानै उमेर देखि गीत संगीतमा निकै चासो राख्ने उनी पछिल्लो समय चर्चित गायीका तथा मोडेल बन्न सफल भईन् । उनलाई घरपरिवारबाट पनि सहयोग भईरहेको छ । गीत संगीतमा प्रबेश गर्दा निकै चुनौती पार गरेर सफल भएकी उनी अझै पनि संगीतिक क्षेत्रमा निकै धेरै गर्न बाँकी रहेको बताउछिन् ।‘ गीत संगीतमा प्रबेश गर्दा निकै संर्घष गरेकी हु’ उनले भनिन्‘ संघर्ष अझै पनि जारी छ ।’ उनी थप्छिन्‘ स्टेजमा छोटा लुगा लगाएर मात्रै चर्चित बन्न सकिदैन् । आफु भित्र क्षमता भए अंग प्रर्दशन गनै आबश्यक नरहेको उनी बताउछिन् ।
पछिल्लो गीत संगीत क्षेत्रमा बृकृति बिकृति बढिरहेको भन्दै यसलाई न्यूनिकरण गर्न आबश्यक रहेको उनको तर्क छ । आफु संगितिक क्षेत्रको बिकृति अन्त्य गर्न लागिपरेको बताए । प्रायले उनलाई स्वर अनी रुपकी राणी भनेर चिन्छन् । प्राय दर्शकले उनलाई मायाको प्रस्ताब औधी राख्ने गर्छन्, उनी भने सहजै रुपमा सर्ब दर्शकलाई, दर्शककै माया दिन्छिन्, तर मनको माया भन्दै अझै सोँच्न नसकेको बताउछिन् । मलाई अझै अगाडी बढ्न् मन छ, म जुन दिन मेरो सपना पुरा गर्छु , त्यही दिन मनको राजा खोज्छु ।











