काठमाडौं, २ चैत । प्रतिनिधिसभाले आज उपसभामुख पाउदैछ । जसमा बाम गठबन्धनका तर्फबाट एमाले सांसद शिवमाया तुम्बाहाम्फे र प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट सांसद पुष्पा भुषालले उपसभामुखका लागि उम्मेदवारी दिएका हुन्।

upasआज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा निर्वाचन हुनेछ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुको निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।