केशरमान बुढाथोकी

दाङ , २ फाल्गुन । गत सोमवार यूएस एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरु प्रति दाङ घोराहीको होटेल माला इनले श्रद्धाञ्जली ब्यक्त गरिएको छ । होटेलले हिजो साँझ होटेल परिसरमा दीप प्रज्वलन गरि दुर्घटनामा परि अनाहकमा ज्यान गुमाउने नेपाली, बंगलादेशी तथा चाइनाका नागरिकहरुको चिरशान्तीको कामना गरेको छ भने दुर्घटनाका सम्पूर्ण घाईतहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामन समेत गरेको छ ।

श्रद्धाञ्जली कार्यक्रममा होटेल माला इनका अध्यक्ष ओबिन्द्र महराले बिमान दुर्घटनाबाट भएको मानवीय क्षेतीले समग्र देश स्तव्ध भएकोबेला होटेल माला इनले पनि सम्झिएको बताएका छन् ।

कार्यक्रममा होटेल माला इन प्रालीका अध्यक्ष ओबिन्द्र महरा , नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन, होटेल माला इन प्रालीकी प्रबन्ध निर्देशक जुना महराले तथा उपस्थित सबैले संयुक्त रुपमा दीप प्रज्वलन गरेका थिए ।