सल्यान, १ चैत । सल्यान त्रिवेणीमा विभिन्न योजनाको रकम भुक्तानिका लागि दाङ जानुपर्ने बाध्यता रहेको गुनासो आएको छ । त्रिवेणी १ काभ्राको रामबजारमा आयोजित सार्वजनीक सुनुवाइ कार्यक्रमका सहभागीहरुले त्रिवेणी गाउँपालिकावासिले सञ्चालन गरिएका योजनाहरुमा बजेट पर्याप्त नभएको गुनासो देखि शिक्षकहरुको तलव मासिक रुपमा भुक्तानि हुनुपर्ने माग राखेका हुन् ।
कार्यक्रममा त्रिवेणी २ का गंगाराम पुनले योजनाको रकम लिन तुलसिपुर जानुपरेको बाध्यता सुनाए । जवाफमा गाउँपालिका अध्यक्ष मान बहादुर डागीले आफुले लुहाम स्थीत राष्ट्रिय बाणिज्य बैंकमा नै खाता सञ्चालन र रकम भुक्तानी गर्न प्रक्रिया अगाडी बढाएको भएपनि इन्टरनेट अभावमा बैंकले समयमा सेवा दिन नसक्दा उपभोक्ता समितिलाई दाङ या खलंगा जानुपर्ने बाध्यता रहेकेो बताए । तर अव इनटरनेटको विस्तार तत्काल हुन लागेकोले यो समस्या हट्ने बताए ।











