घोराही, १ चैत्र । दाङको घोराही उप–महानगरपालिका वडा नम्वर १५ ले लैङ्गिक समताको आधारमा योजना बनाउने र कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । यी कार्यहरु महिलाहरुको अग्रसरताले मात्रै सम्भव हुने भएकाले आफ्नो क्रियाशिलता वढाउन महिलाहरुलाई वडाले आग्रह गरेको छ ।
तालिमका अवसरमा वोल्दै नगर प्रमुख नरुलला चौधरीले महिलाहरुको क्षमता विकासमा यो तालिम महत्पुर्ण हुने भन्दै आगामी दिनमा यो कार्यलाई निरन्तरा दिइने वताए । वडा नम्वर १५ को आयोजनमा सञ्चालित अगुवा महिलाहरुका लागि क्षमता विकास तालिम समापन अवसरमा वोल्दै वडा अध्यक्ष रमेशकुमार पाण्डेले आ–आफ्ना टोलमा हुने कार्यहरुको अग्रसरता आफै लिन महिलाहरुलाई आग्रह गरेका हुन् ।
अवसरबाट बञ्चित भएका महिलालाई समान अवसर र लाभ दिने प्रयत्न गर्नु जरुरी भएको भन्दै उनले यसका लागी वडा कार्यालय तत्परता रहने वताए । तालिम समापन अवसरमा वोल्दै सहभागी मिना विष्ट, उषा सुवेदी, तुलसा वस्नेत,सुमित्रा वलीले तालिम प्रभावकारी भएको भन्दै वडा कार्यालयले योजना निर्माण गर्दा लैङ्गिक मैत्री वजेट निर्माण गर्न अनुरोध गरे । वडा सदस्य कृष्ण रानाको अध्यक्षता भएको तालिम समापनको सहजिकरण दलित महिला सदस्य दुर्गा नेपालीले गरेका थिए ।
दुई दिनसम्मको तालिममा लैंगिक ंिहसा अन्त्यका लागि महिलाहरुको भूमिका, लैंगिक संवेदनशिल योजना निर्माणको आवश्यकता र प्रक्रिया, लैङ्गिकताका आधारमा हुने हिंसा र निन्त्रण, महिला अधिकारका वारेमा नयाँ संविधानमा भएका व्यवस्था, नेतृत्व र नेतृत्व विकासका विषयमा छलफल भएको थियो । तालिममा घोराही उप–महानगरपालिका वडा नम्वर १५ भित्र पर्ने विभिन्न टोलका २३ जना महिलाहरुको सहभागिता रहेको थियो ।











