दिपक बोहरा 
तुलसीपुर १२ असार । अपाङगता भएका ब्यक्तिहरु हरेक क्षेत्रबाट अन्यायमा परेको एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् । अपाङ्गता भएका ब्यक्तिहरुका लागी बनाईने अपाङ्गता परिचय पत्र र अधिकार सम्बन्धि आईतबार तुलसीपुरमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले अपाङ्गता भएका ब्यक्तिहरुलाई राज्यले समेत अन्यायन गरेको बताएका हुन् ।

nfdn_appealमहिला तथा बालबालिका कार्यालय घोराही दाङको सहयोग तथा राप्ती बहिरा संघको आयोजनामा तुलसीपुर उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले अपाङ्गता भएका ब्यक्तिहरुका पिडालाई सम्बन्धित निकायमा पु¥याउनु पर्ने बताएका थिए । अपाङगता भएका ब्यक्तिहरुको पिडालाई संसदमा पु¥याए मात्रै अपाङ्गता भएका ब्यक्तिको अधिकार सुनिश्चित हुने कुरामा जोड उनले जोड दिए ।

राप्ती बहिरा संघका अध्यक्ष अजय कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर नगरपालिका अपाङ्ग नगर सम्न्वय समितीका उपाध्यक्ष कोमलता बुढाथोकीले अपाङ्गता भएका ब्यक्तिहरुका लागी हरेक निकायमा काम गर्ने सहज बाताबरणको माग गरिन । काम गर्ने सहज बाताबरण भयो भने हामी आफ्नो काम आफै गर्न सक्छौ उनले भनिन् । उनले आफ्ना पिडाहरु सम्बन्धित निकायले नसुनेको गुनासो पनि गरिन् । उनले आजको कार्यक्रममा समेत राजनितिक दलका नेता तथा अन्य सरोकारवाला बक्ताहरु भषण गरेर आफुलाई आस्वासन मात्रै दिएको तर आफ्ना पिडाहरु नसुनेको गुनासो पनि गरिन् । उनले भनिन–“ हाम्रा पिडा नसुनेर आफ्ना प्रतिबद्धता सहितका भाषण सुनाएर जानुभयो तर प्रतिबद्धता कहिल्यै पुरा गर्नु हुदैन् । ”

कार्यक्रमका बिशिष्ट अतिथी राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय सदस्य देबिदत्त आचार्यले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सुनिश्चित गर्न कुनै एक राजनितिक दलमा प्रतिनिधित्व हुनु पर्ने बताएका थिए । नयाँ संबिधान २०७२ मा पनि अपाङ्गता भएका ब्यक्तिको राजनितिक दलमा प्रतिनिधित्व हुनु पर्ने उल्लेख गरेको छ उनले भने ।

उनले कुनै पनि ब्यक्ति जतिबेला पनि अपाङ्ग हुन सक्ने भन्दै अपाङ्गलाई हेर्ने ब्यबहार पनि सपाङ्ग जस्तै समान गर्न सबैलाई आग्रह पनि गरेका छन् । आफ्नो हक अधिकारका लागी अपाङ्गत भएका ब्यक्ति पनि चनाखो हुन आबश्यक रहेको उनको भनाई थियो । कार्यक्रमको अध्यक्षताको आशनबाट बोल्दै राप्ती बहिरा संघका अध्यक्ष अजय कुमार शर्माले अपाङ्गहरुको नाममा सपाङ्गले हालिमुहाली गरेको बताए । अहिले पनि दाङ्मै नक्कली अपाङ्ग भएर सरकारी सेवा लिईरहेको भन्दै यस्तो कुरामा जागरुक हुनु पर्ने अबस्था आएको उनको भनाई थियो । अपाङ्गता भएका ब्यक्तिहरु भषागत बुझाईमा कमी , सुन्न सक्ने क्षमता कम हुनुको फाईदा सपाङ्ग ब्यक्तिले लिईरहेको उनले बताए ।

कार्यक्रममा तुलसीपुर नगर क्षेत्र सरोकार मञ्चका अध्यक्ष गोपिनाथ योगी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शेसुराम भण्डारी , नेपाली काग्रेस जिल्ला सदस्य पबित्रा धिताल, काग्रेस नगर कार्यबहाक सभापति भिम प्रसाद भण्डारी , नेकपा एमाले जिल्ला सदस्य कृष्णा गोपाल गुप्ता , थरुहट जिल्ला ईन्चार्ज शरुन थारु , अपाङ्गता सेवा संघका अध्यक्ष देवा भण्डारी, तुलसीपुर उद्योग बाणिज्य संघका सदस्य बेद प्रसाद ओली , राप्ती समाचार राष्ट्रिय दैनिकका सम्पादक गजेन्द्र बोहरालगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण राप्ती बहिरा संघका कार्यक्रम संयोजक देवा डाँगीले गर्नुभएको छ ।