इन्द्रेणी संवाददाता

आषाढ १२, घोराही । खानेपानी सरसफाई तथा स्वच्छता पत्रकार मञ्च (वास फोरम, दाङ)को भला सम्पन्न भएको छ । भेलाले पत्रकार गोविन्द खड्का लाई  संयोजक चयन गरेको छ । सरसफाई र स्वच्छतासम्बन्धी लामो समयदेखि निरन्तर कलम चलाउँदै आएका खड्का संयोजकमा चयन भएका हुन् ।13533349_1389329381095850_4949003840682289071_n

खानेपानी तथा सरसफाई तथा सरसफाई डिभिजन कार्यालय दाङमा भएको पत्रकारहरुको उक्त भेलाले सपना बोहरालाई सदस्य सचिवमा चयन गरेको छ । समितिका अन्य सदस्यहरुमा शिवराज पन्थी, शरद रेग्मी, देव यादव, दशरथ घिमिरे, सुधासुमन ढकाल, नविन अभिलाषी, अमर आचार्य, लिलाधर वली, रीता लामा, अमिता चौधरी र सागर थापा रहेका छन् ।

कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख जगन्नाथ पूर्वेले जिल्लामा सरसफाईसम्बन्धी जनचेतना फैलाउन सञ्चारकर्मीहरुको महत्वपूर्ण योगदान रहेको र आगामी दिनमा पनि त्यो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । वास फोरम दाङका निवर्तमान संयोजक नरेन्द्र केसीले जनचेतना अभिवृद्धिदेखि खुला दिसामुक्त जिल्ला घोषणा कार्यक्रमसम्म पनि वास फोरमले भूमिका निर्वाह गरेको र त्यसका लागि सबै सञ्चारकर्मी र सञ्चारमाध्यमहरुप्रति आभार व्यक्त गरेका थिए ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका  सरसफाइ स्वच्छता समितिका स्रोत व्यक्ति तिलक न्यौपानेले जिल्लाको पूर्ण सरसफाइसम्बन्धी गुरुयोजना प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण खानेपानी तथा सरसफाई कार्यालय दाङका गजेन्द्र बहकरीले गरेका थिए ।